रसुवा– रसुवास्थित जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्रबाट दुई जनाको सकुशल उद्धार गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयअनुसार बाढीका कारण फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले शुक्रबार बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ।
जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको सेनाको टोलीले हालसम्म सुरुङभित्रबाट दुई जनाको सकुशल उद्धार गरेको हो।
सुरुङभित्र अझै कति जना फसेका छन् भन्ने यकिन भइसकेको छैन। सेनाको टोलीले टनेलभित्र खोजी कार्य जारी राख्दै फसेका अन्य व्यक्तिको उद्धारका लागि प्रयास गरिरहेको सचिवालले जनाएको छ।
बाढीका कारण सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहेकाले उद्धारमा विशेष सावधानी अपनाइएको नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।