• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बाढी–पहिरोको जोखिमले मुख्य राजमार्ग प्रभावित, नागढुंगा–मुग्लिन सडक पूर्ण बन्द

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १२, २०८३  ०६:५९
1140x725
फाइल तस्बिर

काठमाडौं– लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ। 

नेपाल प्रहरीको पछिल्लो सार्वजनिक सूचनाअनुसार काठमाडौं उपत्यकादेखि कोशी, बागमती र कर्णाली प्रदेशसम्मका विभिन्न सडकखण्डमा आवागमन रोकिएको वा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ। 

काठमाडौंको नागढुंगादेखि मुग्लिन सडकखण्ड बाढी तथा पहिरोको सम्भावित जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ। यसले काठमाडौं भित्रिने र बाहिरिने मुख्य सडकमार्गमा यातायात प्रभावित भएको छ।

त्यस्तै, कोशी प्रदेशको इलाममा मेची राजमार्ग अन्तर्गतको इलाम नगरपालिका–९, राजदुवाली क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरी विवरणमा उल्लेख छ। वैकल्पिक बाटोबाट यातायात सञ्चालनको व्यवस्था गरिएको जनाइएको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड (बीपी राजमार्ग) मा सम्भावित बाढीलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सूचनाअनुसार रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाई बिहानदेखि साँझसम्म अवस्थाअनुसार यातायात सञ्चालन गर्ने व्यवस्था गरिएको छ। बीपी राजमार्गमा सम्भावित बाढीका कारण आवागमनमा समयअनुसार प्रतिबन्ध लगाइएको उल्लेख छ। 

मकवानपुरको हेटौंडा–भीमफेदी–बागमती–ललितपुर सडकखण्डमा समेत जोखिमका कारण सवारी सञ्चालन प्रभावित भएको छ। रसुवामा त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड तथा मुख्य राजमार्ग बाढी तथा पहिरोका कारण प्रभावित भएको छ। केही सडकमा पूर्ण रूपमा आवागमन रोकिएको प्रहरीले जनाएको छ।

धादिङमा पृथ्वी राजमार्गका विभिन्न स्थानमा बाढी र लेदोका कारण सडक अवरुद्ध भएको छ। बेनिघाट–रोराङको ज्वाङखोला, गजुरी क्षेत्र, गलौंदी, जहरेखेत, बाङ्गेमोड तथा बैरेनीलगायतका स्थानमा सडकमा आएको लेदो तथा पहिरो हटाउने काम भइरहेको प्रहरी विवरणमा उल्लेख छ। 

Xtrem
Xtrem

चितवनतर्फ मुग्लिन–नारायणगढ सडकखण्ड पनि बाढी तथा पहिरोको जोखिममा परेको छ। जोखिम बढेपछि केही स्थानमा सवारी आवागमन रोक्ने तथा अवस्था हेरेर सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

कर्णालीमा भेरी करिडोर पूर्ण बन्द
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा सडकखण्ड (भेरी करिडोर) पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। आठबीसकोट नगरपालिका–६, रिजेगाड खोलामा सडक माथिबाट ढुंगा, माटो तथा लेदोसहितको पहिरो खसेपछि सडक बन्द भएको प्रहरी सूचनामा उल्लेख छ। 

नेपाल प्रहरीले वर्षाका कारण जोखिम बढेका सडकमा अनावश्यक यात्रा नगर्न तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। अवरुद्ध सडक खुलाउने काम सम्बन्धित निकायको समन्वयमा भइरहेको जनाएको छ। 

यात्रु तथा चालकले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्रै गन्तव्यतर्फ जान प्रहरीले आग्रह गरेको छ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०८३  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ)
सम्बन्धित सामग्री
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो नेपालको महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश... बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ उनले अडियो क्लिपमा कुराकानी गरेका ती दुई व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन् । साथै उनले कुनै प्रम... बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव स... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो बिहीबार, असोज १५, २०८३
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्