काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा निजी तथा सार्वजनिक जग्गामा भएको क्षतिको विवरण संकलन तथा विपद् नक्साङ्कन (डिजास्टर म्यापिङ) गरिने भएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी क्षतिको यकिन विवरण संकलन गर्न नापी विभागलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
नापी विभागको टोलीले प्रभावित क्षेत्रमा पुगेर जग्गा तथा संरचनामा भएको क्षतिको विवरण संकलन गर्नुका साथै बाढी प्रभावित क्षेत्रको विपद् नक्साङ्कन गर्नेछ।
मन्त्रालयका अनुसार नक्साङ्कनबाट बाढीले पुर्याएको वास्तविक क्षतिको अवस्था पहिचान गर्न तथा राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि आवश्यक योजना बनाउन सहयोग पुग्नेछ।
विशेषगरी निजी तथा सार्वजनिक जग्गाको अवस्था, क्षतिग्रस्त संरचना र बाढी प्रभावित क्षेत्रको यथार्थ विवरणलाई नक्सामा समेटिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।