काठमाडौँ– चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ।
नेपाल प्रहरीले बिहीबार साँझ ५ बजे दिएको अपडेटअनुसार बुधबार आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको हो।
नेपाल प्रहरीले सार्वजनिक गरेको ५ बजेसम्मको विवरण अनुसार सबैभन्दा बढी चितवनमा १३२ शव फेला परेको छ।
अन्य जिल्लाहरूको विवरण यस प्रकार छ:
नवलपरासी (पूर्व): ८२ जना
धादिङ: ३३ जना
गोरखा: ३० जना
नुवाकोट: २८ जना
तनहुँ: २२ जना
रसुवा: १७ जना
नवलपरासी (पश्चिम): १५ जना
बाढीमा परी घाइते ६३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।