चितवन – रसुवाको बाढीबाट बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा लुछ्ने २ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो दुईजना पक्राउ परेका हुन् ।
चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार कानको मुन्द्रा तान्ने नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका- १ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरीको इनरुवा नगरपालिका- ५ चाँदबेला घर भई भरतपुर-२ पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने ३८ वर्षीय उमेश चौधरी छन् ।
उनीहरू दुवैजनालाई सामाजिक सञ्जालमा आएको भिडिओको आधारमा पहिचान गरी पक्राउ गरिएको र अनुसन्धान थालिएको चितवनका एसपी पौडेलले बताए ।
दुई जना मिलेर लठ्ठीले घोच्दै नदीमा डुबिरहेको शव पल्टाएर कानको गाहना फुकालेको भिडियो आज बिहानैबाट भाइरल भइरहेको थियो । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको चर्काे निन्दा भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।