विराटनगर – कोशी प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावितका लागि ३ करोड रुपैयाँ सहयोग दिने भएको छ।
प्रदेश मन्त्रिपरिषद्को बिहीबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि ३ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।
मन्त्री शेर्पाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै विपद्को घडीमा कोशी प्रदेश सरकार प्रभावित नागरिकसँगै रहेको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।