काठमाडौं– बाढी प्रभावित क्षेत्रहरूमा तत्काल उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन भन्दै शिवशक्ति ग्रुपले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ५१ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
ग्रुपका राजकुमार अग्रवाल, सन्दीप कुमार अग्रवाल र राहुल कुमार अग्रवालसहित कम्पनी परिवारको तर्फबाट सहयोग गरिएको ग्रुपले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सहयोग रकम अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई हस्तान्तरण गरिएको छ । रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि. बाराको तर्फबाट पनि १० लाख रुपैयाँ सहयोग गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यही भदौ १० गते बुधबार बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक, भीषण एवं विध्वंसकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय भौतिक तथा मानवीय क्षतिप्रति पनि शिवशक्ति ग्रुप परिवारकातर्फबाट गहिरो दुःख व्यक्त गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।