काठमाडौं– बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम रहेको भन्दै विशेष सूचना जारी गरेको छ।
महाशाखाका अनुसार चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट भाद्र १० गते बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको देखिएको छ।
उक्त तालको पानीको सतह बढिरहेको र फुट्ने जोखिमसमेत रहेको सूचनामा उल्लेख छ।
जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धारमा खटिएका उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।