काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि प्यूठानका तीन वटा गाउँपालिकाले आर्थिक सहयोग घोषणा गरेका छन्।
झिमरुक गाउँपालिकाले गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तलबबाट १० लाख रुपैयाँ, गौमुखी गाउँपालिकाले २ लाख रुपैयाँ र जनप्रतिनिधि तथा कर्मचारीको एक दिनको तलब बराबरको रकम तथा ऐरावती गाउँपालिकाले ११ लाख ९ हजार ५६९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको ती गाउँपालिकाहरूले जनाएका छन्।
जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट संकलित उक्त रकम जम्मा गरिने झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए।
पालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीको एक दिन बराबरको पारिश्रमिक दिने निर्णय गरिएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए।
यस्तै, जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट राहत कोषमा सहयोग उपलब्ध गराउने ऐरावती गाउँपालिकाका अध्यक्ष नबिलविक्रम शाहले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।