काठमाडौं–चीन तर्फको बाढी प्रभावित क्षेत्रमा चीनका प्रधानमन्त्री लि क्वाङ निरीक्षणका लागि पुगेका हुन् ।
नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी आज आइपुगेका हुन् । बुधबार आएको विनाशकारी बाढीपहिरोपछि नेपालतर्फ मात्र करिब १०० जना चिनियाँ नागरिक बेपत्ता भएको चीनले जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबार नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको विपद् प्रभावित क्षेत्रमा करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन्।
चीनतर्फ भने बिहीबार बिहान ८ बजेसम्म ३ जनाको मृत्यु भएको, ५५८ जना बेपत्ता रहेको र २ जना स्थानीय गाउँलेको उद्धार गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।