काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रमा पुगेका छन् ।
प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै बिहीबार बिहान नुवाकोटस्थित श्री नं १ सैन्य तालिम केन्द्र, मैथली ब्यारेकमा पुगेका हुन् ।
प्रधानमन्त्री शाहसँगै पूर्वधार विकासमन्त्री सुनील लम्साल तथा प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेन पनि बाढी प्रभावित क्षेत्रमा अवलोकनका लागि पुगेका हुन् ।
प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्था, उद्धार कार्यमा देखिएका समस्या तथा प्रभावित नागरिकलाई भइरहेको राहत व्यवस्थापनबारे सम्बन्धित अधिकारीसँग जानकारी लिनेछन् ।
बाढीपछि नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ भने उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालन भएका छन् ।
प्रधानमन्त्रीको नुवाकोट भ्रमणका क्रममा प्रभावित नागरिकको उद्धार, राहत सामग्री वितरण तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनःस्थापनाका विषयमा समेत आवश्यक निर्देशन दिने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।