काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ बाढी प्रभावित नुवाकोटको विदुर पुगेका छन्।
बिहीबार बिहान पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै उनी विदुर पुगेका हुन्।
प्रधानमन्त्री शाहले विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्दै बाढीबाट भएको क्षतिको जानकारी लिएका छन्।
निरीक्षणका क्रममा उनले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, उद्धार, पुनर्स्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे जानकारी लिएका छन्।
भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठकमार्फत सम्बन्धित निकायलाई निर्देशन दिँदै आएका छन्।
प्रधानमन्त्रीको टोलीले प्रभावित क्षेत्रमा राहत सामग्री शीघ्र पुर्याउने तथा अवरुद्ध सडक र अन्य पूर्वाधार सञ्चालनमा ल्याउने विषयमा समेत आवश्यक निर्देशन दिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।