काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको छ।
भारतले बाढीमा ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै यस चुनौतीपूर्ण अवस्थामा भारत नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ।
विदेशमन्त्री एस जय शकरले एक्समा जानकारी दिएका छन् । आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहलाई टेलिफोन गरी नेपाललाई सहयोग गर्ने बताएका थिए । भारतले पठाउने उक्त राहत सामग्री भोलि बिहान जहाजमार्फत् काठमाडौं आइपुग्ने बताइएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।