नुवाकोट– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि नुवाकोटको विदुर नगरपालिका–७ का पत्रकार निराजन पौडेलको परिवारका पाँच जना सदस्य सम्पर्कविहीन भएका छन् ।
बाढीपछि पौडेलका बुवा, आमा, अंकल, अन्टी र बहिनी सम्पर्कमा नरहेको जनाइएको छ ।
पौडेलले सामाजिक सञ्जालमार्फत आफ्नो परिवारका सदस्यहरूको खोजी तथा उद्धारका लागि सबैसँग आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘बुवा, ममी, अंकल, अन्टी र बहिनीको खोजी गरिदिनुहुन सबैसँग आग्रह गर्दछु ।’
बाढीका कारण नुवाकोटसहित रसुवा, धादिङ र गोरखाका नदी तटीय क्षेत्र प्रभावित बनेका छन् । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।