काठमाडौं– रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमा क्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण भोटेकोशी नदीमा बाढी आएको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याबको स्याटेलाइट तस्बिर विश्लेषणबाट यस्तो प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो ।
प्राधिकरणले सामाजिक सञ्जालमार्फत स्याटेलाइट तस्बिर सार्वजनिक गर्दै नेपाल–चीन सीमाक्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको देखिएको जनाएको छ ।
प्राधिकरणका अनुसार उक्त बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ । यही बाढीका कारण रसुवाको भोटेकोशी क्षेत्रमा ठूलो बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार घटनाको थप अध्ययन तथा क्षतिको विवरण संकलन भइरहेको छ । हिमपहिरोपछि आएको गेग्य्रानसहितको बाढीले सीमावर्ती क्षेत्र तथा तल्लो तटीय क्षेत्रमा क्षति पुर्याएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।