काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित भएको रसुवा र नुवाकोट जिल्लालाई तत्कालका लागि १ करोड निकासा गरेको छ । जिल्ला विपद् व्यवस्थापन कोषमा उक्त रकम पठाइएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए ।
उनले प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै दुई जिल्लालाई उक्त रकम दिइएको हो । त्यस्तै धादिङलाई ५० लाख निकासा गरिएको छ । बाढीले धादिङका विभिन्न क्षेत्रमा समेत क्षति पुर्याएको छ ।
यस्तै रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने भएको छ । यसका लागि रास्वपाको आकस्मिक बैठक बस्दैछ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केहीबेरपछि आकस्मिक बैठक बसेर राहत कोषका लागि उपलब्ध गराउने रकमको निर्णय गर्नेछ’ सभापति रवि लामिछानेले जानकारी दिए ।
संसद्मा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् । साथै, रास्वपाका सांसदहरूले बेग्ला बेग्लै नभएर सामुहिक रुपमा सरकारलाई, आपत्तमा सरकारलाई कसरी सघाउन सक्छ भनेर निर्णय नै गर्ने पनि उनले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।