काठमाडौं– बुधबार बिहान अचानक आएको महाविनाशकारी बाढीका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
बाढीपछि उद्धारमा खटिएको प्रहरीले रसुवा, नुवाकोट र धादिङमा गरी १६ जनाको शव फेला पारेको जानकारी दिएको छ ।
नुवाकोटमा ९ जना, धादिङमा ६ र रसुवामा १ जनाको शव फेला परेको छ । रसुवामा अझैसम्म प्रहरीले प्रावित क्षेत्रमा सहज सम्पर्क स्थापित गर्न सकेको छैन ।
बाढीमा परी रसुवाको टिमुरे बजारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ३२ जना सुरक्षाकर्मीसमेत बेपत्ता छन् । अहिलेसम्म कहाँ कति क्षति भएको छ भन्ने पूर्ण विवरण आइसकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।