काठमाडौं– सरकारले भोटेकोशी बाढी प्रभावितलाई उपचार गर्न पाँचवटा अस्पताल तयारी अवस्थामा राखेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधि सभाको बैठकमा सरकारले गरिरहेको कामका बारेमा जानकारी दिँदै उद्धार गरिएका विपत् क्षेत्रका नागरिकको उपचारका लागि वीर, त्रिवि शिक्षण अस्पताल र ट्रमा सेन्टरसहित पाँचवटा अस्पताल तयारी अवस्थामा रहेको बताए ।
उनले जिल्ला अस्पतालमा नेपाल प्रहरी र सेनाको चिकित्सकहरु पनि थप पठाइएको जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।