काठमाडौं– नेपालतर्फ आएको पहिरोका कारण चीनको दक्षिण–पश्चिमी सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ बन्दरगाहमा ठूलो क्षति भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले हराइरहेका व्यक्तिको खोजी तथा उद्धारलाई तीव्र बनाउन निर्देशन दिएका छन्।
बुधबार बिहान नेपालतर्फबाट आएको पहिरोले चीन–नेपाल सीमास्थित केरुङ बन्दरगाह क्षेत्रमा क्षति पुर्याएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
घटनामा मानवीय क्षति भएको र केही व्यक्ति सम्पर्कविहीन रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।