काठमाडौँ – भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले नुवाकोटमा एक माध्यमिक विद्यालय बगाएको छ ।
सदरमुकाम विदुरस्थित त्रिशूली किनारमा रहेको त्रिभुवन माध्यमिक विद्यालय बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको हो ।
प्रहरीका अनुसार बिहानको प्रार्थना चलिरहेका बेला बाढीको सूचना आएपछि शिक्षकहरुले विद्यार्थीलाई सुरक्षित स्थानमा लिएका थिए । यो विद्यालय विसं २००० मा स्थापना भएको थियो ।
केही भने भाग्न नसकेकाहरु बाढीमा परेको हुनसक्ने प्रहरीले बताएको थियो । आज बिहान विद्यालयमा कति विद्यार्थी र शिक्षक आएका थिए भन्ने जानकारी आइसकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।