काठमाडौं–सरकारले उद्धार, राहत र खोजी कार्यमा खटिने निजी क्षेत्रका हेलिकप्टरलाई पूर्वस्वीकृति (अनुमति) लिनु नपर्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको आपतकालीन मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
रसुवामा बाढीका कारण उत्पन्न संकटलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको सरकारले जनाएको छ ।
निजी हेलिकप्टरहरूले काठमाडौं टावरबाटै सोझै उडान अनुमति लिएर बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यमा खटिन पाउनेछन् ।
विपत्तिको समयमा गृह मन्त्रालय तथा अन्य निकायबाट अनुमति लिँदा हुने प्रशासनिक ढिलाइलाई हटाउन र उद्धार कार्यलाई तीव्र बनाउन यस्तो व्यवस्था गरिएको बताइएको छ ।
बाढीका कारण प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार र स्वास्थ्य टोलीसहित राहत सामग्री पुर्याउन नेपाली सेनाका हेलिकप्टरहरू परिचालन भइसकेका छन् । राहत उद्धार र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशूलीमा नेपाल आलय निगमबाट तत्काल हवाई इन्धनसहितको ट्यांकर काठमाडौंबाट परिचालन गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।