काठमाडौं– बुधबार बिहान भोटेकोशीमा आएको बाढीको मुख्य कारक मानिएको हिमपहिरोले थुनिएको ताल अझै पूर्ण रुपमा खुलेको छैन ।
ताल पूर्ण रुपमा नखुलेकाले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम अझै रहेको देखिन्छ । हिम पहिरोले नदी थुनिएको र ताल बनेको चीनले सूचना दिएको छ ।
नेपाल बाढी सूचना र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीसम्बन्धी सूचना जारी गर्दै नदी थुनिएको स्थानमा ताल पूर्ण रूपमा नखुलेको जानकारी दिएको छ ।
सूचनामा अर्को सूचना नआएसम्म भोटेकोसी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
नदी थुनिएको स्थानमा पानीको बहावमा हुन सक्ने परिवर्तनका कारण तल्लो तटीय क्षेत्रमा जोखिम कायम रहेकाले नदी आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ। चीनतर्फ हिमपहिरो जाँदा आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा व्यापक क्षति भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।