काठमाडौं– रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।
पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठका अनुसार यस क्षेत्रमा केही मान्छेहरू फसेका छन्।
उनले भने, ‘ठाउँ ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ । राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ । पानीको बहाव धादिङ क्षेत्रमा बढीरहेको छ ।’
बाढीले त्रिशूली नदीमा रहेका अन्य कैयौँ झोलुंगे तथा पक्की पुलमा समेत क्षति पुर्याएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।