काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण जिल्लाका प्रमुख जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन्।
रसुवामा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीबाट रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्।
प्रारम्भिक विवरणअनुसार कुल १४ वटा आयोजना प्रभावित भएका छन्। तीमध्ये ९ वटा आयोजना सञ्चालनमा रहेका छन् भने ५ वटा निर्माणाधीन छन्। प्रभावित आयोजनाको कुल क्षमता ७४८ मेगावाट रहेको छ।
प्रभावित आयोजनामध्ये निजी क्षेत्रका ४ वटा सञ्चालनमा रहेका आयोजना २३१ मेगावाट क्षमताका छन् भने ३ वटा निर्माणाधीन आयोजना ३४२ मेगावाट क्षमताका छन्। सरकारीतर्फ ४ वटा सञ्चालनमा रहेका आयोजना गरी १२३ मेगावाट क्षमताका आयोजना प्रभावित भएको प्रारम्भिक विवरणमा उल्लेख छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।