काठमाडौं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न स्थानमा फसेका १२ जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार रसुवाका विभिन्न स्थानबाट बाढी प्रभावित १२ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको हो।
उद्धार कार्यलाई तीव्र बनाउन अहिले नेपाली सेनाका ४ वटा र निजी कम्पनीका ८ वटा गरी १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन्।
बाढी प्रभावितको उद्धारसँगै स्वास्थ्य उपचारलाई समेत प्राथमिकता दिइएको छ। नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरेको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा थप उद्धार तथा राहत आवश्यक परे हेलिकप्टर र जनशक्ति परिचालनलाई निरन्तरता दिइने सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।