काठमाडौं- ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन सर्वियाली सरकारको निम्तोमा बेलग्रेड प्रस्थान गरेका छन्। सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
_x000D_
_x000D_
सम्मेलन शुक्रबार र शनिबार दुई दिनसम्म चल्नेछ। मन्त्री पुनसँगै ऊर्जा मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमानसिंह थापा भ्रमण दलमा सहभागी छन्।
_x000D_
_x000D_
सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसका साथै उनले आफ्ना समकक्षी ऊर्जा र माइन हेर्ने सर्वियाका मन्त्री अलेकजेन्डर एन्टिकसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
_x000D_
_x000D_
सर्विया भ्रमणका क्रममा मन्त्री पुनले त्यहाँका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक रोशन खड्काले बताए।
_x000D_
_x000D_
सम्मेलनमा युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागिता रहनेछ। सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावनाबारे मन्त्री पुनले जानकारी गराउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।