काठमाडौैं– रसुवामा आज बिहान आएको बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्र पार्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे सम्बन्धित निकायले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
बैठकपछि प्रधानमन्त्री शाहले प्रभावित नागरिकको तत्काल उद्धार, बेपत्ताको खोजी तथा राहत वितरणलाई प्राथमिकतामा राखेर काम गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले विपद्को घडीमा सबै सरोकारवाला निकायलाई आआफ्नो जिम्मेवारीअनुसार प्रभावित क्षेत्रमा परिचालन हुन र उद्धार तथा राहतमा कुनै कमी हुन नदिन आग्रह गरेका छन्।
रसुवामा बाढीपछि जनधनको क्षतिको विवरण संकलन तथा प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।