काठमाडौं– रसुवामा बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेनाले हेलिकप्टर परिचालन गरेको छ।
सेनाका दुई वटा हेलिकप्टर बुधबार बिहान बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा आवश्यक सहयोग पुर्याउने उद्देश्यले दुई वटा हेलिकप्टर रसुवातर्फ पठाइएको हो।
प्रभावित क्षेत्रमा थप आवश्यकता देखिए अर्को हेलिकप्टरसमेत पठाउने तयारी भइरहेको उनले जानकारी दिए।
बाढीका कारण प्रभावित क्षेत्रमा पुगेको क्षति तथा उद्धारको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।