रसुवा– रसुवामा अचानक आएको ठूलो बाढीले स्याप्रुबेसीलगायतका बजार तथा बस्ती क्षेत्रमा क्षति पुर्याएको छ।
केही समय आएको बाढीले स्थानीय बस्ती तथा बजार क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका हुन्।
उनका अनुसार बाढीबाट भएको क्षतिको यकिन विवरण भने अझै प्राप्त भइसकेको छैन। ‘क्षति यति–उति भन्ने खुलेको छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।