फाइल तस्बिर
काठमाडौं– भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव उच्च भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पाँच जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव उच्च रहेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको हो।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।