• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना

64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०८३  २१:३३
1140x725

काठमाडौं– सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा अड्किएको इमलीको दानाका कारण भएको खुलेको छ।

बाराको कलैयाका ती बालकलाई नर्भिक इन्टरनेशनल हस्पिटलमा ब्रोंकोस्कोपीमार्फत श्वासनलीमा अड्किएको इमलीको दाना निकालिएपछि स्वास्थ्यमा सुधार आएको छ।

शुक्रबार राति अचानक अत्यधिक खोकी लागेपछि बालकलाई सास फेर्न समस्या भएको थियो। खोकेपछि आँखा पल्टाएका उनी केहीबेरमै अर्धबेहोस अवस्थामा पुगे। परिवारले तत्काल कलैयास्थित सरकारी अस्पताल पुर्‍यायो।

अक्सिजन दिए पनि बालकको अक्सिजनको मात्रा ४०–५० आसपास मात्रै देखिएपछि भेन्टिलेटर आवश्यक रहेको भन्दै उनलाई अर्को अस्पतालमा रेफर गरियो। त्यसबेला बालक बोल्नसमेत नसक्ने अवस्थामा पुगिसकेका थिए।

कलैयाकै अर्को निजी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि अपेक्षित सुधार आएन। छातीको एक्सरेमा फोक्सोको देब्रेतर्फको भाग सेतो देखिएपछि चिकित्सकहरूले कडा निमोनियाको आशंका गरे।

त्यहाँबाट उनलाई शनिबार साँझ वीरगञ्जको अर्को अस्पताल लगियो। आईसीयूमा राखेर उपचार सुरु गरेपछि बालक केही बोल्न सक्ने भए पनि फोक्सोको समस्या किन भइरहेको छ भन्ने यकिन हुन सकेन।

सिटीस्क्यानले खोल्यो वास्तविक कारण
आइतबारसम्म पनि फोक्सोको समस्या र निमोनियाको कारण स्पष्ट नभएपछि सिटीस्क्यान गरियो। त्यसपछि मात्रै बालकको देब्रेतर्फको श्वासनलीमा दानाजस्तो बाह्य वस्तु अड्किएको देखियो।

थप उपचारका लागि वीरगञ्जबाट काठमाडौं रेफर गरिएका बालकलाई चार घण्टासम्म अक्सिजन सपोर्ट दिएर काठमाडौं ल्याइएको थियो। आइतबार राति उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

गम्भीर अवस्थामा अस्पताल पुगेका बालकलाई तत्काल आईसीयूमा लगेर उपचार सुरु गरिएको थियो।

नर्भिकका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट तथा क्रिटिकल केयर स्पेसलिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा रहेको चिकित्सक टोलीले सोमबार बिहान ब्रोंकोस्कोपी गरेर श्वासनलीमा अड्किएको इमलीको दाना निकालेको हो।

डा. आचार्यका अनुसार इमलीको दानाले देब्रेतर्फको श्वासनली पूर्णरूपमा बन्द गरिदिँदा फोक्सोको उक्त भागले काम गर्न छाडेको थियो।

“इमलीको दानाले श्वासनली बन्द हुँदा फोक्सोको देब्रे भागले काम गर्नै छाडेको र सेतो भइसकेको थियो। बालकलाई हाइफ्लो अक्सिजन सपोर्ट दिइएको थियो,” डा. आचार्यले भने, “दानापछि फोक्सोको अवस्थामा क्रमिक सुधार भइरहेको छ।”

Xtrem

Xtrem

बालकका बुबाका अनुसार शुक्रबारदेखि लगातार तीनवटा अस्पताल धाउँदासमेत वास्तविक समस्या पत्ता लागेको थिएन। काठमाडौं ल्याएर उपचार सुरु भएपछि मात्रै छोराको अवस्थामा उल्लेख्य सुधार आएको उनले बताए।

“शुक्रबारदेखि तीनवटा अस्पताल धायौं। बल्ल उपचार पाएपछि अहिले बाबु होशमा आइसकेको छ,” उनले भने, “अहिले बोल्न सक्ने भएको छ। अब त ठिक हुन्छ भन्ने आशा जागेको छ, बल्ल ढुक्क भएका छौं।”

अझ भावुक बनाउने अर्को कुरा उपचारपछि बालकले आफ्ना बुबालाई आफूले शुक्रबार दिउँसो इमली खाएको बताएका छन्। त्यसपछि उनले बुबालाई आफूलाई छिट्टै घर लैजान आग्रह गरेका थिए।

चिकित्सकका अनुसार श्वासनलीमा खानेकुरा वा अन्य वस्तु अड्किँदा तत्काल उपचार नपाए गम्भीर अवस्था निम्तिन सक्छ। बालकको हकमा पनि इमलीको दानाले श्वासनली अवरुद्ध गर्दा फोक्सोको एक भागले काम गर्न छाडेको थियो। समयमै सही कारण पहिचान गरी अड्किएको वस्तु निकालिएपछि भने उनको स्वास्थ्यमा सुधार देखिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक बिहीबार, असोज १५, २०८३
हिमलुङ हिम पहिरोमा परेका थप चार जनाको शव फेला, खोज तथा उद्धार कार्य जारी बिहीबार, असोज १५, २०८३
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्