• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना

64x64
नेपाल लाइभ मंगलबार, भदौ ९, २०८३  २१:३३
1140x725

काठमाडौं– सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा अड्किएको इमलीको दानाका कारण भएको खुलेको छ।

बाराको कलैयाका ती बालकलाई नर्भिक इन्टरनेशनल हस्पिटलमा ब्रोंकोस्कोपीमार्फत श्वासनलीमा अड्किएको इमलीको दाना निकालिएपछि स्वास्थ्यमा सुधार आएको छ।

शुक्रबार राति अचानक अत्यधिक खोकी लागेपछि बालकलाई सास फेर्न समस्या भएको थियो। खोकेपछि आँखा पल्टाएका उनी केहीबेरमै अर्धबेहोस अवस्थामा पुगे। परिवारले तत्काल कलैयास्थित सरकारी अस्पताल पुर्‍यायो।

अक्सिजन दिए पनि बालकको अक्सिजनको मात्रा ४०–५० आसपास मात्रै देखिएपछि भेन्टिलेटर आवश्यक रहेको भन्दै उनलाई अर्को अस्पतालमा रेफर गरियो। त्यसबेला बालक बोल्नसमेत नसक्ने अवस्थामा पुगिसकेका थिए।

कलैयाकै अर्को निजी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि अपेक्षित सुधार आएन। छातीको एक्सरेमा फोक्सोको देब्रेतर्फको भाग सेतो देखिएपछि चिकित्सकहरूले कडा निमोनियाको आशंका गरे।

त्यहाँबाट उनलाई शनिबार साँझ वीरगञ्जको अर्को अस्पताल लगियो। आईसीयूमा राखेर उपचार सुरु गरेपछि बालक केही बोल्न सक्ने भए पनि फोक्सोको समस्या किन भइरहेको छ भन्ने यकिन हुन सकेन।

सिटीस्क्यानले खोल्यो वास्तविक कारण
आइतबारसम्म पनि फोक्सोको समस्या र निमोनियाको कारण स्पष्ट नभएपछि सिटीस्क्यान गरियो। त्यसपछि मात्रै बालकको देब्रेतर्फको श्वासनलीमा दानाजस्तो बाह्य वस्तु अड्किएको देखियो।

थप उपचारका लागि वीरगञ्जबाट काठमाडौं रेफर गरिएका बालकलाई चार घण्टासम्म अक्सिजन सपोर्ट दिएर काठमाडौं ल्याइएको थियो। आइतबार राति उनलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

गम्भीर अवस्थामा अस्पताल पुगेका बालकलाई तत्काल आईसीयूमा लगेर उपचार सुरु गरिएको थियो।

नर्भिकका सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट तथा क्रिटिकल केयर स्पेसलिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा रहेको चिकित्सक टोलीले सोमबार बिहान ब्रोंकोस्कोपी गरेर श्वासनलीमा अड्किएको इमलीको दाना निकालेको हो।

डा. आचार्यका अनुसार इमलीको दानाले देब्रेतर्फको श्वासनली पूर्णरूपमा बन्द गरिदिँदा फोक्सोको उक्त भागले काम गर्न छाडेको थियो।

“इमलीको दानाले श्वासनली बन्द हुँदा फोक्सोको देब्रे भागले काम गर्नै छाडेको र सेतो भइसकेको थियो। बालकलाई हाइफ्लो अक्सिजन सपोर्ट दिइएको थियो,” डा. आचार्यले भने, “दानापछि फोक्सोको अवस्थामा क्रमिक सुधार भइरहेको छ।”

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बालकका बुबाका अनुसार शुक्रबारदेखि लगातार तीनवटा अस्पताल धाउँदासमेत वास्तविक समस्या पत्ता लागेको थिएन। काठमाडौं ल्याएर उपचार सुरु भएपछि मात्रै छोराको अवस्थामा उल्लेख्य सुधार आएको उनले बताए।

“शुक्रबारदेखि तीनवटा अस्पताल धायौं। बल्ल उपचार पाएपछि अहिले बाबु होशमा आइसकेको छ,” उनले भने, “अहिले बोल्न सक्ने भएको छ। अब त ठिक हुन्छ भन्ने आशा जागेको छ, बल्ल ढुक्क भएका छौं।”

अझ भावुक बनाउने अर्को कुरा उपचारपछि बालकले आफ्ना बुबालाई आफूले शुक्रबार दिउँसो इमली खाएको बताएका छन्। त्यसपछि उनले बुबालाई आफूलाई छिट्टै घर लैजान आग्रह गरेका थिए।

चिकित्सकका अनुसार श्वासनलीमा खानेकुरा वा अन्य वस्तु अड्किँदा तत्काल उपचार नपाए गम्भीर अवस्था निम्तिन सक्छ। बालकको हकमा पनि इमलीको दानाले श्वासनली अवरुद्ध गर्दा फोक्सोको एक भागले काम गर्न छाडेको थियो। समयमै सही कारण पहिचान गरी अड्किएको वस्तु निकालिएपछि भने उनको स्वास्थ्यमा सुधार देखिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्