• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो

64x64
नेपाल लाइभ सोमबार, भदौ ८, २०८३  १२:२६
1140x725

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेलको मूल्यमा गिरावट आएको छ ।

एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन् । दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क १.४ प्रतिशतले घटेको छ । टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता र बैङ्ककमा वृद्धि देखिएको छ । मनिला र क्वालालम्पुरका बजार भने स्थिर रहेका छन् ।

यसैबीच, कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानीकर्ताको चासो बढिरहेका बेला विश्वकै मूल्यवान कम्पनीमध्ये एक अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनप्रति पनि बजारको ध्यान केन्द्रित भएको छ । एआई प्रविधिको तीव्र विस्तारले कम्पनीहरूको उच्च लगानीलाई निरन्तरता दिन सक्ने वा नसक्ने विषयमा लगानीकर्ता आशावादी र चिन्तित दुवै देखिएका छन् ।

एसपीआई एसेट म्यानेजमेन्टका स्टेफन इनिसले एआई क्षेत्रमा लगानी जारी रहे पनि त्यसको लागत बढ्दै गएको बताए । उनका अनुसार एनभिडियाले ठूलो लगानीबाट प्रतिफल प्राप्त गर्न सक्ने क्षमता प्रमाणित गर्नुपर्ने चुनौती छ ।

चिनियाँ प्रविधि कम्पनी अलिबाबाले पनि एआई क्षेत्रमा लगानी विस्तार गर्न आइतबार हङकङमा १०.२ अर्ब अमेरिकी डलर बराबरको नयाँ शेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीले उक्त रकम आफ्नो विश्वव्यापी एआई पूर्वाधार र प्रविधि विस्तारमा प्रयोग गर्ने जनाएको छ ।

हङकङको सेयर बजार सोमबार २ प्रतिशतभन्दा बढीले घटेको छ । ‘फास्ट फेसन’ कम्पनी शिनले आगामी १ सेप्टेम्बरमा हङकङमा शेयर सूचीकरण गर्ने घोषणा गरे पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन । कम्पनीको सूचीकरणबाट मूल्याङ्कन करिब २७ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि थप आर्थिक दबाब बढाउने योजनाबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने अपेक्षा गरिएको छ । अमेरिकाले आफ्ना सहयोगी राष्ट्र तथा चीनलाई पनि उक्त अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानमाथि आर्थिक दबाब बढाउने योजना ‘नाजुक नृत्य’जस्तै भएको टिप्पणी गरेका छन् । बेसेन्टले चीनलाई पनि अमेरिकी अभियानमा सहमत हुन आग्रह गरेका छन् ।

nimb
nimb
Ncell 2
Ncell 2

यसैबीच, ब्रेन्ट कच्चा तेलको मूल्य २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ९२ डलर आसपास पुगेको छ । अमेरिकी कच्चा तेलको मूल्यमा पनि समान दरले गिरावट आएको छ ।

लगानीकर्ताको ध्यान यस साता अमेरिकाको ज्याक्सन होलमा हुने केन्द्रीय बैंकका अधिकारी, अर्थशास्त्री तथा वित्तीय क्षेत्रका प्रमुखहरूको वार्षिक भेलातर्फ पनि केन्द्रित भएको छ । उनीहरूले अमेरिकी मौद्रिक नीतिको आगामी दिशाबारे थप संकेतको अपेक्षा गरेका छन् ।

अमेरिकी मुद्रास्फीति र बढ्दो सरकारी ऋणका कारण अमेरिकी ट्रेजरी बन्डको प्रतिफलमा वृद्धि भएको छ । अमेरिकाको संघीय ऋण ४० ट्रिलियन डलरभन्दा माथि पुगेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेलको मूल्यमा गिरावट आएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १२:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्मल पुर्जाको अन्त्येष्टिमा सहभागी हुन इन्दिरा रानामगर बेलायत प्रस्थान
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश
२७ सहसचिवको सरुवा : को कहाँ पुगे ?
सम्बन्धित सामग्री
ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन् । दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्... सोमबार, भदौ ८, २०८३
अमेरिकाको रेनोमा भीषण डढेलो, ४२ हजारलाई ठाउँ खाली गर्न आदेश सोमबार, भदौ ८, २०८३
गिनीमा ल्यान्डफिल भासिँदा कम्तीमा ३० जनाको मृत्यु गिनीको राजधानी कोनाक्रीमा आइतबार बिहान सहरको सबैभन्दा ठूलो ल्यान्डफिल भासिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
निर्मल पुर्जाको अन्त्येष्टिमा सहभागी हुन इन्दिरा रानामगर बेलायत प्रस्थान सोमबार, भदौ ८, २०८३
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश सोमबार, भदौ ८, २०८३
२७ सहसचिवको सरुवा : को कहाँ पुगे ? सोमबार, भदौ ८, २०८३
ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो सोमबार, भदौ ८, २०८३
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्