• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०८३  २२:१९
1140x725

काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्व क्रिकेट कप्तान इमरान खानको स्वास्थ्य अवस्थालाई लिएर विश्वभरका पूर्व क्रिकेट कप्तानहरूले चासो व्यक्त गरेका छन् । २१ जना पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानले पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफलाई पत्र लेख्दै इमरानलाई उचित उपचार तथा मानवीय व्यवहारको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

अगस्ट २३ मा लेखिएको पत्रमा इमरानको स्वास्थ्य परीक्षण सर्वोच्च अदालतको आदेशअनुसार गर्न र उनको उपचारमा आवश्यक चिकित्सकीय प्रक्रिया पूरा गर्न माग गरिएको छ । पत्रमा भारतका तीन, अस्ट्रेलियाका आठ, इंग्ल्यान्डका छ, वेस्टइन्डिज र श्रीलंकाका एक–एक तथा न्युजिल्यान्डका दुई पूर्वकप्तान सहभागी छन् ।

यो इमरानको उपचारलाई लिएर पूर्व क्रिकेट कप्तानहरूले पाकिस्तानी सरकारलाई लेखेको दोस्रो पत्र हो । यसअघि करिब छ महिनाअघि १४ पूर्व अन्तर्राष्ट्रिय कप्तानले यस्तै आग्रहसहित पत्र पठाएका थिए । अहिले थप सात पूर्वकप्तानले साथ दिँदै पुनः सरकारको ध्यानाकर्षण गराएका हुन् ।

पत्रमा पूर्वकप्तानहरूले आफूहरूले राजनीतिक पक्षधरका रूपमा नभई क्रिकेट मैदानमा लामो समयसँगै खेलेका पूर्वसहकर्मीका रूपमा इमरानको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेको उल्लेख गरेका छन् ।

उनीहरूले सर्वोच्च अदालतले इमरानको स्वास्थ्य परीक्षणका लागि गठन हुने मेडिकल बोर्डमा उनका निजी चिकित्सक र बहिनी डा. उज्मा खानलाई समेत सहभागी गराउन तथा परिवारसँग साप्ताहिक भेटको व्यवस्था गर्न आदेश दिएको दाबी गरेका छन् ।

तर राज्यद्वारा गठन गरिएको चिकित्सकीय टोलीले केही घण्टामै परीक्षण प्रक्रिया टुंग्याएर इमरानलाई स्वस्थ रहेको निष्कर्षसहित अदियाला जेल फर्काएको आरोप पत्रमा लगाइएको छ । इमरानको परिवार र कानुनी टोलीले पनि यसलाई अदालतको आदेशको उल्लंघन भएको दाबी गर्दै आएका छन् ।

पूर्व क्रिकेट कप्तानहरूले भने आफूहरू पाकिस्तानको न्यायिक प्रक्रियाबारे निर्णय सुनाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनीहरूले केवल अदालतको आदेशअनुसार गठित मेडिकल बोर्डलाई स्वतन्त्र र पूर्ण रूपमा स्वास्थ्य परीक्षण गर्न दिनुपर्ने माग गरेका छन् ।

बेलायतमा पनि इमरानको उपचारबारे दबाब
इमरान खानका पूर्व ससुरा पक्षका आफन्त तथा बेलायतको कन्जरभेटिभ पार्टीका सदस्य ज्याक गोल्डस्मिथले पनि बेलायतका विदेशमन्त्री एड मिलिब्यान्डलाई पत्र लेख्दै इमरानको उपचारका विषयमा पाकिस्तान सरकारसँग हस्तक्षेप गर्न आग्रह गरेका छन् ।

nimb
nimb
Ncell 2
Ncell 2

अगस्ट २१ मा लेखिएको पत्रमा गोल्डस्मिथले इमरानको स्वास्थ्य अवस्थालाई लिएर पाकिस्तानमाथि कूटनीतिक दबाब बढाउन आग्रह गरेका छन् । उनले इमरानको जीवन र स्वास्थ्यप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल प्रभावकारी पहल आवश्यक रहेको बताएका छन् ।

बेलायती पक्षले यसअघि पनि पाकिस्तानले आधारभूत स्वतन्त्रता, जेलमा मानवीय व्यवहार तथा आवश्यक स्वास्थ्य उपचारको पहुँच सुनिश्चित गर्नुपर्ने बताउँदै आएको छ ।

उपचारलाई लिएर सरकार र पीटीआईबीच विवाद
इमरान खानको स्वास्थ्य र उपचारलाई लिएर पाकिस्तानको सत्तारूढ पक्ष र उनको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) बीच लामो समयदेखि विवाद हुँदै आएको छ ।

पछिल्लो विवाद अदालतको आदेशअनुसार इमरानलाई निजी शिफा इन्टरनेसनल अस्पताल लैजानुपर्ने वा सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पीआईएमएस) मा उपचार गर्ने भन्ने विषयमा केन्द्रित भएको छ । पीटीआई र सरकार दुवैले एकअर्कामाथि अदालतको आदेश उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

इमरानका कानुनी प्रतिनिधिहरूले उनको दाहिने आँखाको करिब ८५ प्रतिशत दृष्टि गुमेको दाबी गरेका छन् । उनीहरूले इमरानले सन् २०२५ को अक्टोबरदेखि आँखाको समस्याबारे गुनासो गर्दै आए पनि जेल प्रशासनले आवश्यक कदम नचालेको आरोप लगाएका छन् ।

इमरानको स्वास्थ्य अवस्थाबारे थप परीक्षणका लागि सर्वोच्च अदालतले मेडिकल बोर्ड गठन गर्न आदेश दिएको छ । बोर्डमा उनकी बहिनी डा. उज्मा खान र निजी चिकित्सकलाई समेत सहभागी गराउने व्यवस्था गरिएको बताइएको छ ।

बोर्डले इमरानको स्वास्थ्य परीक्षणसँगै पुराना मेडिकल रिपोर्टको अध्ययन गर्ने र उनको स्वास्थ्य समस्या, रगत जम्ने कारण तथा आवश्यक उपचारबारे सुझाव दिने अपेक्षा गरिएको छ । साथै उनलाई जेलमै उपचार गर्न सकिने अवस्था हो वा अस्पतालमा भर्ना गर्नुपर्ने हो भन्नेबारे पनि बोर्डले सिफारिस गर्नेछ ।

सन् २०२३ देखि जेलमा
७३ वर्षीय इमरान खान सन् २०२३ को अगस्टदेखि जेलमा छन् । तोशाखाना मुद्दामा तीन वर्षको सजाय सुनाइएपछि उनलाई पहिलोपटक पक्राउ गरिएको थियो । त्यसपछि साइफर, अल–कादिर ट्रस्ट र इद्दत निकाहलगायतका मुद्दामा पनि उनीविरुद्ध कारबाही अघि बढाइएको थियो ।

केही मुद्दामा अदालतबाट राहत पाए पनि अन्य मुद्दाका कारण उनी जेलमै छन् । इमरान खान र पीटीआईले आफूविरुद्धका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गर्दै आएका छन् । सन् २०२२ मा प्रधानमन्त्री पदबाट हटेपछि आफूलाई राजनीति र निर्वाचनबाट टाढा राख्न कानुनी मुद्दा लगाइएको उनीहरूको आरोप छ ।

तर पाकिस्तान सरकार र अनुसन्धान निकायहरूले भने इमरानविरुद्धका मुद्दा कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको भन्दै राजनीतिक प्रतिशोधको आरोप अस्वीकार गर्दै आएका छन् ।
पत्र लेख्ने पूर्व क्रिकेट कप्तानहरु

 

क्र.सं. पूर्व कप्तान देश
१ कपिल देव भारत
२ सुनील गावस्कर भारत
३ दिलीप भेङ्सरकर भारत
४ स्टिभ व अस्ट्रेलिया
५ एडम गिलक्रिस्ट अस्ट्रेलिया
६ एलन बोर्डर अस्ट्रेलिया
७ ग्रेग च्यापेल अस्ट्रेलिया
८ इयान च्यापेल अस्ट्रेलिया
९ बेलिन्डा क्लार्क अस्ट्रेलिया
१० एलेक्स ब्ल्याकवेल अस्ट्रेलिया
११ किम ह्युज अस्ट्रेलिया
१२ एलिस्टर कुक इंग्ल्यान्ड
१३ नासिर हुसेन इंग्ल्यान्ड
१४ माइकल आथर्टन इंग्ल्यान्ड
१५ डेभिड गोवर इंग्ल्यान्ड
१६ एन्ड्र्यु स्ट्राउस इंग्ल्यान्ड
१७ माइकल ब्रिअर्ली इंग्ल्यान्ड
१८ क्लाइभ लोयड वेस्ट इन्डिज
१९ अर्जुना रणतुंगा श्रीलंका
२० जोन राइट न्युजिल्यान्ड
२१ ली जर्मन न्युजिल्यान्ड

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  २२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] यो इमरानको उपचारलाई लिएर पूर्व क्रिकेट कप्तानहरूले पाकिस्तानी सरकारलाई लेखेको दोस्रो पत्र हो । यसअघि करिब छ महिनाअघि १४ पूर्व अन्तर्... आइतबार, भदौ ७, २०८३
हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन्। आइतबार, भदौ ७, २०८३
अमेरिकाले प्रतिबद्धता पूरा नगरेसम्म होर्मुज जलमार्ग नखुल्ने इरानको चेतावनी अमेरिकाले आफ्ना प्रतिबद्धता पूरा नगरेसम्म रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्ग नखुल्ने इरानले चेतावनी दिएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्