काठमाडौं– विवेकशील साझा पार्टीले संगठन विस्तारलाई तिव्रता दिएको छ। आगामी निर्वाचनमा ‘निर्विकल्प शक्तिका रुपमा सत्ताको नेतृत्वमा’ आउने दाबीका साथ पार्टीले तीन महिने संगठन विस्तार अभियान सञ्चालन गरिरहेको छ।
_x000D_
_x000D_
पार्टीमा आवद्ध अगुवाहरुको भदौको अन्तिममा बसेको राष्ट्रिय भेलाले तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै पार्टीले प्रदेश ५, ६ र सुदुरपश्चिममा संगठन विस्तारका कार्यक्रम गरेको थियो।
_x000D_
_x000D_
महेन्द्रनगर, धनगढी, सुर्खेत, बुटवल लगायतका सहरमा संगठन विस्तारका क्रममा नागरिकहरुसँग अन्तक्र्रिया गरेको विवेकशील साझाले जनाएको छ। युवाहरुलाई संगठनमा आवद्ध गराउने उद्देश्यले युवा समूहसँगको भेटलाई विशेष जोड पार्टीले दिएको छ।
_x000D_
_x000D_
सुदूरपश्चिम संयोजकमा गोपाल हमाल, प्रदेश ६ मा गेहेन्द्रप्रसाद दाहाल, प्रदेश ५ मा अनुपमान सैंजु र प्रदेश ३ मा समिक्षा बाँस्कोटा प्रदेश संयोजकमा चयन भइसकेका छन्। धनगढी उपमहानगरपालिकाको मेयरमा निकटम प्रतिद्वन्द्वी बनेका हमाल ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता पनि हुन्। हमाल स्वतन्त्र उम्मेदवार बनेका थिए।
_x000D_
_x000D_
स्थानीय निर्वाचनअघि कांग्रेस त्यागेका दाहालले सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।
_x000D_
_x000D_
प्रदेश ५ का विवेकशील साझाका संयोजक सैंजु नेपाल जेसिसका पूर्व अध्यक्ष हुन्। सैंजुले बुटवलमा वृद्धाश्रम पनि सञ्चालन गरेका छन्। महिलाबाट हालसम्म प्रदेश संयोजकमा अवसर पाउने एक मात्रै महिला समीक्षा बाँस्कोटा हुन्। गत निर्वाचनमा काठमाडौं १ क बाट उम्मेदवार बनेकी बाँस्कोटाले कानुनमा अमेरिकाबाट स्नातकोत्तर गरेकी छन्।
_x000D_
_x000D_
तीन महिने संगठन विस्तारकै क्रममा गण्डकी प्रदेशमा संयोजक चयन, संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम शुक्रबार र शनिबार पोखरामा गर्न लागिएको छ। शनिबार गण्डकी प्रदेश संयोजक चयन गरिने प्रवक्ता सूर्यराज आचार्यले जानकारी गराए। संगठन विस्तारको विशेष अभियान सञ्चालन गरेको साझा विवेशीकशीलले सदस्यता वितरण, संगठन निर्माण र विदेशमा सद्धाभाव समूह गठनको प्रक्रियामा अघि बढाएको छ।
_x000D_
_x000D_
संगठन विस्तार र प्रशिक्षणमा संयोजकद्वय रविन्द्र मिश्र र उज्वल थापा सहभागी हुने गरेका छन्। संयोजकद्वयका साथै केन्द्रीय नेताहरु केशव दाहाल, मुमाराम खनाल, प्रवक्ता सूर्यराज आचार्य वक्ताका रुपमा प्रशिक्षणमा खटिने गरेका छन्।
_x000D_
_x000D_
अबको निर्वाचनमा निर्विकल्प शक्ति बन्ने पार्टीको दाबी छ। संगठनलाई चलायमान बनाउनका लागि ३६ हजार १३५ जना तहगत नेतृत्वमा आवश्यक हुने पार्टीको आकलन छ।
_x000D_
_x000D_
प्रदेश ३ का जिल्लामा पनि पार्टीले संगठन विस्तारलाई तिव्रता दिएको छ। हिमाली जिल्ला मुगुमा पनि संगठन विस्तार गरेको साझा विवेकशीलले त्यहाँ ११ सय सदस्य बनेको बताइएको छ। प्रदेश संयोजक चयनमा जुटेको पार्टीले जिल्ला तहमा भने संगठन विस्तारलाई तिव्रता दिन सकेको छैन।
_x000D_
_x000D_
प्रदेश ४ को प्रदेश संयोजक चयनलगत्तै प्रदेश १ र २ मा पनि संयोजक चयन गर्ने प्रवक्ता आचार्यले जानकारी गराए। पार्टीका अर्का प्रवक्ता तथा प्रदेश ३ का प्रदेश सभा सदस्य रमेश पौडेलले पश्चिम क्षेत्रको संगठन विस्तारले पार्टीमा थप ऊर्जा प्राप्त भएको बताए।
_x000D_
_x000D_
१८ वर्ष उमेर पार गरेको नेपाली नागरिकले पार्टीले सदस्य बन्न राखेका शर्तहरु पूरा गरेपछि सदस्यता उपलब्ध गराउने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।