• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विस्थापित सांस्कृतिक सम्पदा र ‘फिर्ताको राजनीति’माथि तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी

64x64
नेपाल लाइभ आइतबार, भदौ ७, २०८३  १९:५७
1140x725

काठमाडौं– दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा पश्चिमी संग्रहालयसम्म कसरी पुगे, तिनले आफ्नो मूल सन्दर्भ गुमाउँदा के हरायो र विस्थापित सम्पदा फिर्ता गर्ने अधिकार कसको हो भन्ने प्रश्नमाथि केन्द्रित अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । 

‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी आइतबार बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा गरियो ।

तारागाउँ नेक्स्टको आयोजनामा तथा सराफ फाउन्डेसनको सहयोगमा भएको प्रदर्शनीको क्युरेसन डा. अर्शिया मन्सुर लोखण्डवालाले उद्घाटन गरिन् । 

कार्यक्रममा तारागाउँ नेक्स्टका रोशन मिश्र र सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले आफ्नो भनाइ राखे । क्युरेटर डा. लोखण्डवालाले प्रदर्शनीको अवधारणा र क्युरेटोरियल दृष्टिकोणबारे परिचय दिँदै सांस्कृतिक सम्पदाको विस्थापन, पुनःस्थापना, स्वामित्व र फिर्तासँग जोडिएका समसामयिक प्रश्नमाथि प्रकाश पारिन् । 

कार्यक्रमअन्तर्गत प्रदर्शनीमा सहभागी कलाकार रोशन मिश्र र शौर्य कुमारबीच कलाकार संवादसमेत आयोजना गरियो । 

डा. लोखण्डवालाले सहजीकरण गर्ने उक्त संवादमा कलाकारहरूले प्रदर्शित आफ्ना सिर्जना तथा तिनसँग जोडिएका ऐतिहासिक, राजनीतिक र नैतिक प्रश्नबारे छलफल समेत गरेका थिए ।

प्रदर्शनीले दक्षिण एसियाका देवप्रतिमा, पाण्डुलिपि तथा धार्मिक–अनुष्ठानिक वस्तु तिनको जीवित सांस्कृतिक परिवेशबाट अलग भएर पश्चिमी संग्रहालयमा पुगेपछि सिर्जना भएको सांस्कृतिक विच्छेदलाई कलात्मक दृष्टिकोणबाट केलाउने प्रयास गरेको छ।

धार्मिक आस्था, समुदाय र परम्परासँग जोडिएका वस्तु संग्रहालयमा पुगेपछि केवल हेर्न र संग्रह गर्न मिल्ने ‘कलावस्तु’मा सीमित हुने अवस्थामाथि पनि प्रदर्शनीले प्रश्न उठाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

photo-1_049489e7-1787494350.jpg
 

नेपालका खाली भएका मन्दिरदेखि भारतका विभिन्न स्थानबाट बाहिरिएका कांस्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला र बंगलादेशको टेराकोटा सम्पदासम्मका सन्दर्भमार्फत प्रदर्शनीले दक्षिण एसियाभर फैलिएको सांस्कृतिक सम्पदा विस्थापनको इतिहासलाई जोड्ने प्रयास गरेको छ ।

यसले सम्पदा हराएको कथा मात्र प्रस्तुत नगरी त्यस्तो विस्थापन सम्भव बनाउने औपनिवेशिक ज्ञान प्रणाली, अवैध कला तथा पुरातात्त्विक वस्तुको बजार, संस्थागत भूमिका र वस्तुको सांस्कृतिक उपस्थितिभन्दा स्वामित्वलाई प्राथमिकता दिने संग्रहालयीय अभ्यासमाथि समेत बहस अघि सारेको छ ।

प्रदर्शनीकी क्युरेटर डा. लोखण्डवालाका अनुसार विश्वका संग्रहालयहरू आफ्ना संग्रहभित्र रहेको औपनिवेशिक इतिहासबारे पुनर्विचार गर्न थालेसँगै सांस्कृतिक सम्पदा फिर्ताको विषय समकालीन विश्वको महत्वपूर्ण सांस्कृतिक बहस बनेको छ।

Xtrem

Xtrem

दक्षिण एसियाको सन्दर्भमा सम्पदा फिर्ता हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न मात्र पर्याप्त नभई त्यसको स्वामित्व कसले निर्धारण गर्छ, त्यसको अर्थ कसले व्याख्या गर्छ र विस्थापित सम्पदाको भविष्यबारे निर्णय गर्ने अधिकार कससँग हुन्छ भन्ने प्रश्न अझ महत्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रदर्शनीमा तेम्सुयाङ्गर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एल.एन. तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिंघेका कला सिर्जना समावेश छन्।

सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदा हराउने र पुनःफिर्ता ल्याउने विषय नेपालका लागि विशेष महत्वको रहेको बताएकी छन्।

सराफ फाउन्डेसनको सहयोगमा नेपालमा डा. लोखण्डवालाले क्युरेट गरेको यो तेस्रो प्रदर्शनी हो । यसअघि उनले क्युरेट गरेको ‘फेमिनिस्ट फ्युचर्सः आर्ट, एक्टिभिज्म एन्ड साउथ एसियन वुमनहुड’ प्रदर्शनीमा तीन नेपाली महिला कलाकारसमेत सहभागी थिए। उक्त प्रदर्शनी सन् २०२५ को सेप्टेम्बरमा श्रीलंकामा पनि प्रदर्शन गरिएको थियो।

दक्षिण एसियाली सम्पदाको स्वामित्व, संग्रहालयको भूमिका, औपनिवेशिक इतिहास र सांस्कृतिक पुनःस्थापनाबारे अन्तर्राष्ट्रियस्तरमा बहस तीव्र भइरहेका बेला तारागाउँ कल्चरल सेन्टरमा हुन लागेको यो प्रदर्शनीले नेपाललाई समेत उक्त विमर्शको केन्द्रमा ल्याउने प्रयास गरेको छ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्