काठमाडौं– ओडिशाको पारादीप तटबाट करिब २४० समुद्री माइल टाढा बंगालको खाडीमा शनिबार एमभी ओसन विनर नामको मालवाहक जहाज डुबेको छ।
पनामाको झण्डा रहेको उक्त जहाजमा २४ जना चालक दलका सदस्य सवार थिए। तीमध्ये दुई जनाको उद्धार गरिएको छ भने बाँकी २२ जनाको खोजी तथा उद्धार कार्य जारी छ।
पीटीआईका अनुसार जहाजमा चीनका २० जना, म्यानमारका ३ जना र बंगलादेशका १ जना नागरिक सवार थिए। जहाज ओडिशाबाट फलामको अयस्क लिएर सिंगापुरतर्फ जाँदै थियो। यो शुक्रबार ओडिशाको तटबाट सिंगापुरका लागि प्रस्थान गरेको थियो।
जहाज डुब्नुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।