काठमाडौं– केही दिनअघि बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी चार वर्षीया बालिका गरिमा चौधरीका परिवारले गृहमन्त्री सुधन गुरुङसँग वार्ता सुरु गरेका छन् ।
गृहमन्त्री गुरुङकै आग्रहमा गरिमाका बुबा मनोज र आमा मानमती शनिबार काठमाडौं आइपुगेका हुन् । उनीहरुसँग अहिले गृहमन्त्रीले मन्त्रालयमा वार्ता गरिरहेका छन् ।
वार्तामा गृहमन्त्री गुरुङसँगै कृषिमन्त्री गीत चौधरी र महिला बालबालिका मन्त्री सीता वादीसमेत उपस्थित छन् । मधेशबाट प्रतिनिधित्व गर्ने केही सांसद्समेत छलफलमा उपस्थित छन् । पीडित पक्षले बलात्कारमा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने माग राखेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
मन्त्रालय स्रोतका अनुसार पीडित पक्षले बलात्कार र त्यसपछि हत्यामा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने माग राखेपछि गृहमन्त्री गुरुङले कानुनमन्त्री सोविता गौतमलाई समेत वार्तामा बोलाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।