जेरुसेलम– उत्तरी गाजा क्षेत्रमा इजरायली सेनासँग भएको झडपमा परि एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
_x000D_
_x000D_
इजरायली सेनाका प्रवक्ताले उत्तरपूर्वी सहर नाब्लुसको ताम्मुनमा झडप भएको पुष्टि गरेका छन्। तर, मानवीय क्षतिको विषयमा भने आफूलाई जानकारी नभएको बताए।
_x000D_
_x000D_
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले मारिएका व्यक्तिको नाम मोहमद बिशारात भएको र उनी २१ वर्षको भएको पुष्टि गरेको छ।
_x000D_
_x000D_
इजराली सैनिकले प्रहार गरेको गोली छातीमा लागेपछि उनको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। (रासस /एएफपी)
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।