बागलुङ– अनुदानमा उपलब्ध गराइएको युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको भन्दै उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–६ दिनेश पण्डितकुमार, बागलुङ नगरपालिका–२ का कुलबहादुर रानामगर र विनय शाक्य छन्।
उनीहरूमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनबमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।