विराटनगर– मोरङ प्रहरीले २८ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार साँझ करिब ६:०८ बजे विराटनगर महानगरपालिका–१९, मिलनचोकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले प्रदेश १–०२–०५२ प ६४८८ नम्बरको स्कुटरलाई शंका लागेर जाँच गरेको थियो।
जाँचका क्रममा स्कुटरमा रहेका सुन्दरहरैंचा नगरपालिका–१ का ३३ वर्षीय धुर्व प्रसाद रिजालको साथबाट प्लास्टिकबाहेक २८ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा सोही ठाउँका ३१ वर्षीय नरेश भट्टराईलाई समेत स्कुटरसहित नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।