पोखरा– लागुऔषध मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पोखराबाट ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले कास्कीको पोखरा महानगरपालिका–१८, अघेरीकुनाबाट ४१ वर्षीय अनुप छतकुल्लीलाई पक्राउ गरेको हो।
धादिङको ज्वालामुखी गाउँपालिका–७ स्थायी घर भएका छतकुल्ली हाल पोखरा महानगरपालिका–८, कुँवर टोलमा डेरामा बस्दै आएका थिए।
प्रहरीका अनुसार उनको साथबाट ११ हजार ७६८ ट्याबलेट टोपेण्टाडोल र एक थान मोबाइल बरामद भएको छ। पक्राउ परेका छतकुल्लीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा बुझाइएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा छतकुल्ली यसअघि पनि वडा प्रहरी कार्यालय बैदाममा दर्ता भएका दुईवटा लागुऔषध मुद्दामा फरार रहेको खुलेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।