राजविराज– सिरहाका विभिन्न स्थानमा अवैध रुपमा उत्पादन गरी बिक्री वितरणका लागि तयारी अवस्थामा रहेको सयौं लिटर घरेलु मदिरा नियन्त्रणमा लिई प्रहरीले नष्ट गरेको छ।
_x000D_
_x000D_
सिरहाका बजार तथा ग्रामीण क्षेत्रमा अवैध रुपमा उत्पादन गरी जिल्लाका विभिन्न स्थान तथा भारतीय क्षेत्रमा बिक्रीका लागि ठिक्क पारिएको १ हजार २ लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलले बताए।
_x000D_
_x000D_
मदिरा नियन्त्रणका क्रममा बरामद भएको करिब ५० किलो कच्चा पदार्थ पनि नष्ट गरिएको उनले जानकारी दिए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।