काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्दै चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–८ का १९ वर्षीय सुरज कटुवाल रहेका छन्।
प्रहरीका अनुसार कटुवालले फेसबुकमार्फत नाबालिकासँग साथी बनेर उनलाई प्रलोभनमा पारेका थिए। त्यसपछि अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गर्ने तथा रकमसमेत माग गरेको सम्बन्धमा प्रहरीमा निवेदन परेको थियो।
निवेदनपछि साइबर ब्युरोले प्राविधिक विश्लेषण तथा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा खुलेको तथ्यका आधारमा ब्युरोबाट खटिएको टोलीले कटुवाललाई २०८३ भदौ ३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका कटुवालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।