काठमाडौं– लघुवित्त पीडितहरू काठमाडौंको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा बसेका बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीले खानतलासी गरेको छ।
बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरको निकोसेरास्थित प्रसाईंको घरमा खानतलासी गरेको हो।
प्रहरीका अनुसार लघुवित्त पीडितहरूलाई आन्दोलनका लागि प्रेरित गरेको भन्दै प्रसाईंको घरमा खानतलासी गरिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकृतले प्रसाईंको गतिविधिसँग सम्बन्धित विषयमा अनुसन्धानका क्रममा खानतलासी गरिएको जानकारी दिए।
लघुवित्त पीडितहरू आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा धर्नामा बसेका हुन्।
प्रसाईंको घरमा गरिएको खानतलासीको नेतृत्व उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत थापाले गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।