• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

क्यामेराबाट नेपाल चिनाउँदै भरतबन्धु थापा

64x64
नेपाल लाइभ बुधबार, भदौ ३, २०८३  १४:२०
1140x725

काठमाडौं– नेपालको भूगोल, प्रकृति, संस्कृति र पर्यटनलाई क्यामेराको आँखाबाट नियाल्ने हो भने भरतबन्धु थापाको यात्रा लामो र फराकिलो देखिन्छ । 

दुई दशकभन्दा बढी समयदेखि फोटोग्राफीमा सक्रिय थापा फोटो पत्रकारितासँगै यात्रा लेखन र पर्यटन प्रवद्र्धनमा पनि निरन्तर क्रियाशील छन् । उनका लागि क्यामेरा केवल तस्विर खिच्ने उपकरण होइन, समाज, संस्कृति र भूगोललाई अभिलेख गर्ने माध्यम हो । 

विश्व फोटोग्राफी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै थापाले आफ्नो फोटोग्राफी यात्रा, त्यसमा आएको परिवर्तन, व्यावसायिक सम्भावना, एआई प्रविधिको प्रभाव तथा नेपालका गन्तव्यलाई तस्विरमार्फत चिनाउने अभियानबारे अनुभव सुनाए ।

तस्विर पहिला क्यामेराले होइन, दिमागले खिच्छ

थापाका अनुसार फोटोग्राफीमा सबैभन्दा महत्वपूर्ण कुरा क्यामेरा नभई त्यसलाई प्रयोग गर्ने व्यक्तिको दृष्टि र ज्ञान हो ।

‘तस्विर पहिला क्यामेराले खिच्दैन, दिमागले खिच्छ,’ उनी भन्छन्, ‘मेरो दिमागमा एउटा स्केच आउँछ यस्तो तस्विर खिच्छु भन्ने अनि त्यसपछि क्यामेरा माध्यम बन्छ ।’

उनका लागि महँगो क्यामेरा हुँदैमा राम्रो तस्विर बन्ने होइन । तस्विरमा अवधारणा, दृष्टिकोण र सिर्जनशीलता आवश्यक हुन्छ । उनी क्यामेरालाई घर बनाउन आवश्यक जग्गाजस्तै माध्यमका रूपमा व्याख्या गर्छन् । जग्गा हुँदैमा घर नबनेझैँ राम्रो क्यामेरा हुँदैमा राम्रो तस्विर नबन्ने उनको बुझाइ छ ।

सञ्चारमाध्यमबाट प्रकृतितर्फ

Ncell 2
Ncell 2
nimb
nimb

थापाले प्रारम्भिक चरणमा सञ्चारमाध्यमका लागि फोटो खिचे । करिब एक दशकभन्दा बढी समय विभिन्न सञ्चारमाध्यमसँग जोडिएर काम गरेपछि उनको रुचि प्रकृति, संस्कृति, भूगोल र पर्यटनतर्फ विस्तार भयो ।

उनले समाचार, संस्कृति, वन्यजन्तु, प्रकृति तथा सामाजिक जीवनका विभिन्न पक्षलाई क्यामेरामा कैद गरेका छन् । नाकाबन्दीका बेला इन्धन तथा ग्यासको अभाव, दाउरा लिन लामबद्ध भएका मानिसदेखि नेपालको दुर्गम भूगोल र प्राकृतिक सम्पदासम्म उनका क्यामेराले समेटेको छ ।

तर आफ्नो व्यक्तिगत रुचि भने प्रकृति र प्रवद्र्धनात्मक फोटोग्राफीमा बढी रहेको उनी बताउँछन् ।

‘मैले खिच्ने तस्विरहरू म आफूलाई रुचि भएको कुरा प्रवद्र्धन हुने खालका होऊन् भन्ने चाहन्छु,’ उनी भन्छन्, ‘तस्विर जहाँसुकै प्रकाशित होस्, त्यसले केही न केही राम्रो सन्देश दिओस् भन्ने लाग्छ ।’

Xtrem

Xtrem

तस्विरमा दुःखभन्दा सम्भावनाको खोजी

फोटोग्राफीका विषय रोज्दा थापाको आफ्नै दृष्टिकोण छ । विश्वका जुनसुकै ठाउँमा राम्रा र नराम्रा दुवै पक्ष हुने भएपनि अभाव, पीडा र दुःखलाई मात्र केन्द्रमा राखेर तस्विर खिच्न आफूलाई त्यति रुचि नलाग्ने उनी बताउँछन् ।

उनी भन्छन्, ‘विश्वका जुनसुकै ठाउँमा राम्रा र नराम्रा दुवै पक्ष हुन्छन् । तर अभाव, पीडा र दुःखलाई मात्रै केन्द्रमा राखेर तस्विर खिच्न मलाई त्यति रुचि लाग्दैन । मलाई प्रकृति, संस्कृति, सम्पदा र पर्यटनका सम्भावनालाई तस्विरमार्फत उजागर गर्न बढी रुचि लाग्छ । मैले खिचेको तस्विरले जहाँ पुगेपनि कुनै न कुनै रूपमा सकारात्मक सन्देश देओस् र सम्बन्धित ठाउँको प्रवद्र्धनमा योगदान पु¥याओस् भन्ने मेरो चाहना हो ।’

यसको सट्टा प्रकृति, संस्कृति, सम्पदा र पर्यटनको सम्भावनालाई तस्बिरमार्फत उजागर गर्नु उनको प्राथमिकता हो । त्यसैले उनका अधिकांश काममा नेपालको सुन्दरता र सम्भावना देखिन्छ ।

फोटोग्राफी अब जीविकोपार्जनको माध्यम

थापाको अनुभवमा विगतको तुलनामा नेपालमा फोटोग्राफीको व्यवसायीकरण निकै बढेको छ । दुई दशकअघि सीमित व्यक्तिको पहुँचमा रहेको क्यामेरा अहिले आम मानिसको जीवनको अभिन्न अंग बनेको उनको बुझाइ छ ।

डिजिटल प्रविधि र सामाजिक सञ्जालको विस्तारले फोटोग्राफीलाई थप अवसर दिएको छ । सञ्चारमाध्यमले तस्विर प्रकाशित नगरे पनि अहिले आफ्नै डिजिटल प्लेटफर्ममार्फत तस्विर सार्वजनिक गर्न सकिने अवस्था छ ।

उनले भने, ‘विगतको तुलनामा अहिले फोटोग्राफी धेरै राम्रो र व्यावसायिक भएको छ । पहिला क्यामेरा निश्चित व्यक्तिहरूको पहुँचमा मात्र हुन्थ्यो, अहिले त क्यामेरा र फोटोग्राफी जीवनको अभिन्न अंगजस्तै बनेको छ । डिजिटल प्रविधि र सामाजिक सञ्जालका कारण सञ्चारमाध्यमले तस्विर प्रकाशित नगरे पनि आफ्नै प्लेटफर्मबाट संसारभर पु¥याउन सकिने अवस्था छ । त्यसैले अहिले फोटोग्राफीमा अवसर पनि धेरै बढेको छ र क्षमता तथा ज्ञान भएका व्यक्तिले यसलाई राम्रो जीविकोपार्जनको माध्यम बनाउन सक्छन् ।’

उनका अनुसार अहिले क्षमतावान र दक्ष फोटोग्राफरले फोटोग्राफीबाट आधारभूत आवश्यकता पूरा गर्ने मात्र होइन, राम्रो आम्दानीसमेत गर्न सक्छ ।

एआईले फोटोग्राफीलाई विस्थापित गर्ला ?

कृत्रिम बौद्धिकता अर्थात् एआईको विस्तारले फोटोग्राफीमा प्रभाव पार्ने थापा स्वीकार गर्छन् । तर यसले वास्तविक फोटोग्राफीलाई पूर्ण रूपमा विस्थापित गर्ने सम्भावना भने आफूले नदेखेको उनी बताउँछन् ।

‘क्षमता भयो भने जुनसुकै प्रविधि आए पनि केही हुँदैन,’ उनी भन्छन्, ‘तपाईंसँग क्षमता र ज्ञान हुनुपर्यो ।’

एआईले बनाएको तस्विर र वास्तविक रूपमा खिचिएको तस्विरबीच मौलिक अन्तर रहने उनको धारणा छ । उनका अनुसार परिकल्पना गर्नु र वास्तविक अनुभव हासिल गर्नु फरक कुरा हो ।

प्रविधिको विकाससँगै वास्तविक तस्विरको महत्व अझ बढ्ने उनको विश्वास छ । घर, होटल, रेस्टुरेन्टदेखि सार्वजनिक स्थानसम्म प्राकृतिक तस्विर र कलाकृतिको प्रयोग हुनु यसको उदाहरण भएको उनी बताउँछन् ।

चोरीबाट कपिराइट संरक्षणतर्फ

डिजिटल युगमा तस्विरको प्रयोग र कपीराइटबारे चेतना पनि बढेको थापाको अनुभव छ । दुई दशकअघि आफूले खिचेका तस्विर अरूले प्रयोग गर्दा नाम राखिदिएको छु भनेर मात्र जानकारी दिने अवस्था रहेको उनी सम्झन्छन् ।

त्यतिबेला कपी राइटका विषयमा धेरै चर्चा नहुने भए पनि अहिले स्वामित्व र प्रयोगसम्बन्धी चेतना विस्तार भएको उनको अनुभव छ ।

उनले भने, ‘पहिला आफूले खिचेका तस्विर अरूले प्रयोग गरिदिँदा ‘तपाईंको नाम राखिदिएको छु’ भनेर जानकारी दिने चलन थियो । त्यतिबेला कपी राइटका विषयमा त्यति धेरै चर्चा र चेतना थिएन । अहिले भने आफूले खिचेको तस्विरको स्वामित्व र प्रयोगबारे मानिसहरू सचेत हुँदै गएका छन्। त्यसैले पछिल्लो समय कपीराइटका विषयमा पनि चेतना र दाबी गर्ने क्रम निकै बढेको छ ।’

सातै प्रदेशका भूगोल क्यामेरामा

फोटोग्राफीसँगै थापाको अर्को महत्वपूर्ण यात्रा हो नेपाल भ्रमण । उनले देशका ७७ वटै जिल्लाका विभिन्न स्थानमा पुगेर तस्विर खिचेका छन् ।

विशेषगरी कर्णाली र पश्चिम नेपाल उनको कामको महत्वपूर्ण क्षेत्र बनेको छ । रारा, फोक्सुण्डो, सिञ्जा, चन्दननाथ, पञ्चकोशी, लिमी उपत्यका, कुपिण्डे ताललगायतका गन्तव्यलाई उनले तस्विरमार्फत राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेका छन् ।

उनको यात्रा केवल प्राकृतिक दृश्यसम्म सीमित छैन । स्थानीय समुदाय, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदा, जीवनशैली र स्थानीय उत्पादन पनि उनका प्राथमिक विषय हुन् ।

उनले भने, ‘मैंले नेपालका ७७ वटै जिल्लाका विभिन्न ठाउँमा पुगेर तस्विर खिचेको छु । विशेषगरी कर्णाली र पश्चिम नेपालका भूगोलसँग मेरो बढी रुचि र सम्बन्ध रह्यो। रारा, फोक्सुण्डो, सिञ्जा, चन्दननाथ, पञ्चकोशीलगायतका ठाउँलाई तस्विरमार्फत चिनाउने प्रयास गरेको छु । मेरो फोटोग्राफी प्राकृतिक दृश्यमा मात्रै सीमित छैन, स्थानीय समुदाय, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदा, जीवनशैली र स्थानीय उत्पादनलाई पनि तस्बिरमार्फत प्रवद्र्धन गर्नुपर्छ भन्ने मेरो सोच हो ।’

तस्विरबाट पुस्तकसम्म

देशका विभिन्न भूभागमा पुगेर संकलन गरेका तस्विरलाई पुस्तकमार्फत सार्वजनिक गर्ने काममा पनि थापा सक्रिय छन् । 

त्यसयता उनले नेपालका विभिन्न भूगोल र पर्यटनसँग सम्बन्धित करिब एक दर्जन पुस्तक प्रकाशन गरेका छन् । ‘गन्तव्य कर्णाली’, ‘नेपाल इन इमेजेज’, ‘पञ्चकोशी दैलेख’ लगायतका पुस्तक उनका यात्राका दृश्य अभिलेख हुन् ।

उनको पछिल्लो महत्वपूर्ण परियोजनामध्ये ‘प्याराडाइज बागमती’ पनि हो। बागमती प्रदेशका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई समेटिएको उक्त पुस्तक पर्यटन प्रवद्र्धनका लागि तयार गरिएको हो ।

कर्णालीप्रति विशेष मोह

थापाको काममा कर्णालीले विशेष स्थान पाएको छ । जन्मभूमि पश्चिम नेपालसँगको सम्बन्ध र कर्णालीको प्राकृतिक तथा सांस्कृतिक सम्भावनाप्रतिको रुचिका कारण पनि उनले यस क्षेत्रमा लामो समय बिताएका छन् ।

कर्णालीको पर्यटन, संस्कृति, उत्पादन र पहिचानलाई देशभर जोड्ने उद्देश्यका अभियानमा पनि उनको संलग्नता रहँदै आएको छ । 

मार्सी चामल, सिमी, कोदो, फापरलगायत स्थानीय उत्पादन तथा हस्तकलालाई पर्यटनसँग जोडेर प्रवद्र्धन गर्ने प्रयास पनि यस्ता अभियानका महत्वपूर्ण पक्ष थिए ।

पर्यटनका लागि तस्विरको शक्ति

थापाका लागि पर्यटन प्रवद्र्धनमा तस्विरको भूमिका अत्यन्त महत्वपूर्ण छ । कुनै गन्तव्यमा पर्यटक पुग्नुअघि उसले धेरैपटक त्यस स्थानको तस्विर वा भिडियो देखिसकेको हुन्छ ।

त्यसैले तस्विर आकर्षक मात्र होइन, वास्तविक र प्रतिनिधिमूलक हुनुपर्ने उनको धारणा छ । उनी क्यामेरामार्फत नेपालका कम चिनिएका गन्तव्यलाई सार्वजनिक गर्ने प्रयासमा निरन्तर छन् ।

उनको लेन्समा हिमाल र तालसँगै स्थानीय मानिस, संस्कृति, धार्मिक आस्था, परम्परा, वास्तुकला, कृषि प्रणाली र दैनिक जीवन पनि देखिन्छ । यसले पर्यटनलाई स्थानीय समुदाय र अर्थतन्त्रसँग जोडेर हेर्ने दृष्टिकोण प्रस्तुत गर्छ ।

तस्विरको मूल्य र यात्राको अनुभव

फोटोग्राफीबाट हुने आम्दानीका विषयमा थापाको अनुभव पनि रोचक छ । कहिलेकाहीँ महिनौँसम्म यात्रा गर्दा आधारभूत खर्चमै काम गर्नुपरेको छ भने कुनै दिन एउटा तस्विरबाट लाखौँ रुपैयाँसम्म आम्दानी भएको अनुभवसमेत उनी सुनाउँछन् ।

तर उनको प्राथमिकता पैसा मात्र होइन । देशका विभिन्न भूभागमा पुगेर प्राप्त गरेको अनुभवलाई उनी जीवनको सबैभन्दा ठूलो सम्पत्ति मान्छन् ।

‘फोटोग्राफीमा आम्दानीको कुनै निश्चित सीमा हुँदैन । महिनौँसम्म यात्रा गर्दा आधारभूत खर्चमै काम गरेको छु, तर कुनै दिन एउटा तस्विरबाट लाखौँ रुपैयाँसम्म पनि आम्दानी भएको छ । तर मेरा लागि पैसा मात्र ठूलो कुरा होइन । देशका विभिन्न ठाउँमा पुगेर जे देखेँ, जे भोगेँ र जे अनुभव बटुलेँ, त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो । सम्पत्ति त पैसा भएर पनि हुन्छ, तर अनुभव र पहिचान आफ्नै मेहनतले बनाउनुपर्छ,’ उनले भने ।

उनका लागि ७७ जिल्लाका विभिन्न भूगोलमा पुगेर मानिस, प्रकृति र संस्कृतिलाई नजिकबाट बुझ्नु नै ठूलो उपलब्धि हो ।

परिवार र सहकर्मीको साथ

आफ्नो यात्रामा परिवारको साथलाई थापा विशेष महत्व दिन्छन् । जीवनसाथी, बुवा–आमा, भाइ तथा परिवारका अन्य सदस्यले काममा अवरोध नगरी निरन्तर सहयोग गरेका कारण आफू यो क्षेत्रमा टिकिरहन सकेको उनी बताउँछन् ।

त्यसैगरी देशभर यात्रा गर्दा भेटिएका अग्रज, साथी र स्थानीय समुदायको सहयोगले पनि आफ्नो यात्रालाई निरन्तरता दिन ऊर्जा दिएको उनको भनाइ छ ।

‘खुसी हुने ठाउँमा जीवन बिताउनुपर्छ’

फोटोग्राफीलाई पेशा र सोख दुवैका रूपमा हेर्ने थापा जीवनमा पैसा मात्र महत्वपूर्ण नभएको बताउँछन् । उनी आफैँले राम्रो आम्दानी हुने अन्य पेशा छाडेर आफू रमाउने क्षेत्रमा आएको अनुभव सुनाउँछन् ।

उनका अनुसार मानिसले आफूलाई कहाँ खुसी मिल्छ भन्ने पहिचान गर्न सक्यो भने जुनसुकै पेशामा पनि सन्तुष्ट हुन सक्छ ।

‘जहाँ रमाउनुहुन्छ, जहाँ मन खुसी हुन्छ र जहाँ जीवन आनन्दले चल्छ, त्यहीँ बिताउनुस्,’ उनको सुझाव छ ।

यात्रामा अझै बाँकी छ 

भरतबन्धु थापाको दुई दशकभन्दा लामो फोटोग्राफी यात्रा हेर्दा व्यक्तिगत रुचिको यात्रा नभइ, नेपालको दृश्य अभिलेख निर्माण गर्ने अभियान पनि हो ।

पत्रकारिताबाट सुरु भएको उनको यात्रा प्रकृति, संस्कृति, भूगोल, पर्यटन र यात्रा लेखन हुँदै पुस्तक तथा अभियानसम्म पुगेको छ । उनले क्यामेरालाई समाचारको साधन मात्र बनाएनन्; देश चिनाउने माध्यम पनि बनाए ।

नेपालका दुर्गम भूगोलदेखि चर्चित पर्यटकीय गन्तव्यसम्म पुगेर उनले खिचेका हजारौँ तस्विरले वर्तमानलाई अभिलेख गर्दै भविष्यका लागि दृश्य दस्तावेज तयार गरिरहेका छन् ।

उनको कामको मूल भावलाई उनकै शब्दमा बुझ्ने हो भने आफूले खिचेको तस्विर आफ्नो समाज, आफ्नो देश र आफ्नो समुदायका लागि कहीँ न कहीँ उपयोगी होस् र त्यसले प्रवद्र्धनमा योगदान पुर्याओस् ।

विश्व फोटोग्राफी दिवसको सन्दर्भमा थापाको यात्रा फोटोग्राफरको व्यक्तिगत नभइ क्यामेराको माध्यमबाट नेपाललाई बुझ्ने र बुझाउने निरन्तर प्रयासको कथा पनि हो ।आकांक्षा धामी, नेपाल न्यूज बैंक

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्