काठमाडौं – बर्दियामा बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।
४९ वर्षीय टेकराज उपाध्यायको हत्या गरेको अभियोगमा गेरूवा गाउँपालिका– ५ का १९ वर्षीय सरगम आचार्य पक्राउ परेका हुन् ।
सरगमले कुटपिट गर्दा टेकराजको मृत्यु भएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय पाताभार र प्रहरी चौकी पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई गएराति पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।