काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको बताएका छन् ।
कांग्रेसको विद्रोही पक्षको राष्ट्रिय भेलामा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले अहिले आफूहरु नयाँ पार्टी खोल्ने योजनामा नभएको बताएका छन् ।
उनले १५औं महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा आयोजना हुने दाबी गरेका छन् । यसका लागि छलफल परामर्शहरु चलिरहेको बताए ।
उनले आफू पार्टी सभापतिका लागि इच्छुक रहेको तर अन्य नेताहरुसँग पनि छलफल गरेर मात्र निर्णय गर्ने बताए । यस्तै पार्टी सभापतिका लागि शेखर कोइराला अगाडि आए पनि आफूहरुबीच अन्डरस्ट्यान्डिङ भएकाले समस्या नहुने बताए। आफू शेखरलाई पनि सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।