काठमाडौं– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा आफूमाथि गरेको व्यवहारबारे सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन्।
आईजीपी कार्कीले शुक्रबार सभामुख अर्यालसँग भेट गरी समितिको बैठकमा सांसद सुनारबाट भएको व्यवहारबारे जानकारी गराउँदै त्यस विषयमा ध्यानाकर्षण गराएका हुन्।
यसअघि सार्वजनिक लेखा समितिको बैठकमा प्रहरी तथा सशस्त्र प्रहरी बलले खरिद गरेको पोसाकलगायतका विषयमा छलफलका क्रममा सांसद सुनारको अभिव्यक्ति र व्यवहारलाई लिएर पूर्वप्रहरी संगठनहरूले समेत आपत्ति जनाएका थिए।
पूर्वप्रहरी संगठनहरूले सांसद सुनारको अभिव्यक्ति संसदीय मर्यादा, पदीय गरिमा र संस्थागत शिष्टाचारविपरीत भएको भन्दै आपत्ति जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।