काठमाडौं– पत्रकार किशोर श्रेष्ठको घरमा प्रहरीले खानतलासी गरिरहरेको छ । बिहानै उनको पत्रिका जनआस्थाको कार्यालयमा छापा मारेर कम्प्यूटरलगायतका सामग्रीहरु नियन्त्रणमा लिएको प्रहरीले अहिले घरमा खानतलासी गरिरहेको हो ।
आज बेलुका ८ बजेदेखि खानतलासी जारी रहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष सन्तोष खड्काको उपस्थितिमा ललितपुर प्रहरी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले बागडोल नख्खुस्थित घरमा खानतलासी गरिरहेको हो ।
हिजो राति १ बजे पनि प्रहरीले खानतलासी गरेको नेपाल पत्रकार महासंघ ललितपुर महाशाखाका अध्यक्ष रामहरी कार्कीले जानकारी दिए । उनका अनुसार प्रहरीले श्रेष्ठको घरमा जडित सीसीटिभी क्यामराको रेकर्डसमेत बरामद गरेको छ ।
गोपनीयता भंग र चरित्र हत्या अभियोगमा हिजो राति पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।