काठमाडौं– नेपाल प्रहरीका डीआईजीदेखि कार्यालय सहयोगीसम्म १८ जनाभन्दा बढीमाथि प्रहरी हेडक्वाटरले कारबाहीको डण्डा चलाएको छ ।
संगठनको म्यानेडट विपरीत गतिविधि गर्ने डीआईजीदेखि सबैभन्दा तल्लो दर्जा कार्यालय सहयोगीलाई हेडक्वाटर विभागीय कारबाही गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा १८ सय ४८ प्रहरीलाई कारबाही गरिएको हो ।
हेडक्वाटरका अनुसार ५३ कार्यालय सहयोगी, ८६६ प्रहरी जवान, ३५६ सहायक हवल्दार, २६२ हवल्दार, ६१ बरिष्ठ हवल्दार कारबाहीको भागिदार बनेका छन् ।
१३१ असई, ५२ सई, १७ बरिष्ठ सई, ३३ इन्स्पेक्टर, ३ डीएसपी, ३ एसपी, २ एसएसपी र १ डीआईजी कारबाहीमा परेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।